Advertisement

Main Ad

वैशाख १५ देखि ‘भान्से बाहुनी’ घरबाहिर



युवाकवि गीता सापकोटाको तेस्रो कविता कृति ‘भान्से बाहुनी’ राजधानीमा सार्वजनिक भएको छ । काठमाडौँको रत्नराज्य स्कूलको सभाहलमा शनिबार भएको एक कार्यक्रमकाबीच प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले उक्त कृति सार्वजनिक गरेका हुन् ।






कृतिले सधैँ चुलोचौकामा मात्र सिमित भइरहेका महिलाको आवाज बोकेको समीक्षक डा. रामप्रसाद ज्ञवालीले बताए । पुस्तकमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै उनले गीताका कविताले बहुमुखी जीवन दर्शनलाई आत्मसात गरेको पनि उल्लेख गरे । यस्तै हतारमा पुस्तक बाहिर आएकाले केही वर्णविन्यासगत सुधार गर्नुपर्ने पक्ष पनि उनले औँल्याए । प्रमुख अतिथिको आसनबाट बोल्दै प्रा. डा. वासुदेव त्रिपाठीले कृतिका कविताले उठाएको नारी जीवन, कविताको स्तर र सामथ्र्यकाबारे चर्चा गरे । 


पाँचथर स्रष्टा मञ्चद्वारा आयोजित सो कार्यक्रममा गीता सापकोटा र गीताको कृतिबारे प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा. डा. जीवेन्द्रदेव गिरी, सञ्चारकर्मी दाहाल यज्ञनिधि, अग्रज साहित्यकार डा. महेश्वर शर्मा, रमेश खकुरेल, प्रा. डा. गोविन्दराज भट्टराई, रमेश शुभेच्छु, हरि समदृष्टि, एन.वी. अञ्जानलगायतले बोलेका थिए । कार्यक्रममा संघीय संसद्का माननीय सानु सिवा पहाडी, कवि भुवनहरि सिग्देल, धरणी गौतम, कुलप्रसाद पराजुली, लगायत दर्जनौँ साहित्यकारको उपस्थिति रहेको थियो । कार्यक्रममा डा. मधुसुदन लामिछाने, सुदेश सत्याल, डम्बर पहाडी र शान्ति सापकोटाले सार्वजनिक कृतिबाट प्रतिनिधिमूलक रचना बाचन गरेका थिए । सङ्ग्रहमा १६ वटा पद्य र १५ वटा गद्य कविता सङ्ग्रहित छन् । 

सापकोटाले सो कृति आफ्नो दशौँ विवाह उत्सवका उपलक्ष्यमा सार्वजनिक गरेको सन्दर्भ कोट्याउँदै आफ्नो विवाह उत्सवका सभाध्यक्ष भवानी घिमिरे र प्रमुख अतिथि श्यामप्रसाद शर्मा एवम् अतिथिहरू कृष्णप्रसाद पराजुली र दैवज्ञराज न्यौपानेलाई पनि सम्झेकी थिइन् । उनले दशवर्ष अघि वैशाख १५ गतेका दिन चार सय लेखकहरूकाबीच विश्वभाषा क्याम्पसको सभाहलमा पुरस्कार शीर्षकको कृति लोकार्पण गर्दै साहित्यकार रमेश शुभेच्छुका साथ वैवाहिक जीवन आरम्भ गरेकी थिइन् ।

Post a Comment

0 Comments